after_navbar

शुल्क तिर्न बाँकी १८ हललाई चलचित्र बोर्डको पत्र


भदौ २४, २०८१


काठमाडौ: २४ भदौ । शुल्क तिर्न बाँकी रहेका हलहरुलाई चलचित्र विकास बोर्डले पत्र काटेको छ । चलचित्र विकास बोर्डले उपत्यका बाहिरका १८ वटा हललाई शुल्क छिटो तिर्न पत्र काटिएको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिएका हुन् ।
पत्रमा विकास शुल्कको अलावा बक्स अफिसमा जडान गर्न समेत भनिएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिम पटक भन्दै ताकेता सहितको पत्र काटेको उल्लेख गरिएको छ ।

बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ ।

यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ । यसपटक अनुरोध नमाने कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत पत्रमा दिइएको बोर्ड सदस्य अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

data-href="