दाङ,२४ भदौ। लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । किर्ते मुद्धामा दोषी ठहर भई कारागार चलान भएका सांसद केसी सोमबार रिहा भएका हुन्। केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले जानकारी दिए।
उनले सोमबार फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्।
आइतबार पूर्वी रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो।
आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसीलाई कारागार पु¥याइएको थिएन। साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
प्रतिक्रिया दिनुहोस