after_navbar

रवि लामिछाने भ्रष्टाचारी भएको शंकर पोखरेलको ठोकुवा


असोज ०५, २०८१


दाङ ,५ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको ठोकुवा गरेका छन ।
गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् , विना लगानी शेयर धनीको बिषय नेपालको कानुनले परिकल्पना गरेको छैन्` पोखरेलले भने´, बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार  गर्नु हो ।` सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको उनको दाबी छ । पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।

ad

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले यस्तो बताएका हुन । ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी उनले गरे । ´
सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको बताए । ´ सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।`

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="