after_navbar

विश्व पर्यटन दिवस मनाउन त्रिसिद्धेश्वरी मन्दिर परिसर सरसफाई


असोज १०, २०८१


दाङ,१० असोज । तुलसीपुर होटल व्यवसायी समितिले त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा आज समितिले मन्दिर परिसरमा सरसफाई गरेको हो ।

भोलि ४५ औँ विश्व पर्यटन दिवस भव्यरुपमा मनाउनका लागि आज मन्दिर परिसरमा सरसफाई गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताए। समितिले विभिन्न झाँकी जुलुससहित बजार परिक्रमा गरि विश्व पर्यटन दिवस मनाउन लागेको उनले बताए।

त्रिसिद्धेश्वरी मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा समितिले दाङका पर्यटकिय स्थल भेट्न सकिने ‘क्यु आर’ कोड सार्वजनिक गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनका अनुसार तुलसीपुरको बसपार्कदेखि र्‍याली शुरु गरिने भएको छ । र्‍यालीमा विभिन्न जातजातिका भेषभुषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन गरिने उपाध्यक्ष दोर्ण आचार्यले बताए ।

तुलसीपुर बजार नजिकै रहेको मन्दिरको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले त्रिसिद्देश्वरी मन्दिर परिसरमा भव्य कार्यक्रमको आयोजना गरिएको समितिका सल्लाहका नेत्रलाल वलीले बताए।उनले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="