after_navbar

९ जिल्लामा नदीहरुले गरे खतराको तह पार


असोज १२, २०८१


दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्।

ad

बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्।

तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ।

त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी ९मनोहरा० , भक्तपुरको जगाती, कौशलटार ९हनुमन्ते०, ललितपुरको खोकनामा, रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ।

बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ। यी मध्ये केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको महाशाखाले जनाएको छ।

त्यस्तै विभिन्न नदीहरूले चेतावनीको तह पार गरेका छन्।

कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="