after_navbar

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ


असोज १८, २०८१


रोल्पा,१८ असोज। रोल्पामा बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन्।

माडी गाउँपालिका-२ खोलवाङका ३२ वर्षीय बिर्सी विक पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

विकले १४ वर्षीया बालिकालाई विवाह गर्छु भनेर ललाई फकाइ आफ्नै घरमा लगेर बुधबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="