after_navbar

दुर्घटना अपडेट घाइते हुनेको सङ्ख्या २२


मङि्सर १४, २०८१


दाङ ,१४ मंसिर । बिजोरी स्थित डाँडागाउँमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। शुक्रबार बिहान घुराएबाट तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। तीव्र गति र ओगटेका कारण बस अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमातुलसीपुर– १८ निवासी १८ वर्षका चल मान बुढामगर, ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधब डाँगी, ६० वर्षका रुद्र बहादुर कामी, तुलसीपुर– १८ बस्ने बर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारद नगरपालिका १० बस्ने ३६ को ढाकाराम कवंर रहेका छ्न ।

यस्तै तुलसीपुर– १७ बस्ने बर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने बर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर–१७ बस्ने ३६ वर्षका राधा केसी, सोही ठाँउका ४६ वर्षका नर बहादुर नेपाली, रुपन्देहिको बुटवल उपमहानगरपालिका–११ बस्ने २६ वर्षका नबिन पराजुलि, भारत तेलगंगा घर भइ ज्योतिष काम गर्ने बर्ष ३९ वर्षका कल्याम जगम, घोराही– ५ बस्ने ५२ वर्षका तिल बिक्रम गिरि, घोराही–१५ बस्ने ५४ वर्षका डबल बहादुर डाँगि, तुलसीपुर– १८ बस्ने ३६ वर्षका नन्दकलि वलि, शान्तिनगर गाँउपालिका–६ बस्ने २४ वर्षका नबिन वलि, तुलसीपुर– १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर–१७ बस्ने ७९ वर्षका दुर्गा बहादुर केसी, ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली, घोराही– १७ बस्ने ४० वर्षका गंगाराम पोख्रेल र बबइ९४ का ४४ वर्षिय अमर थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

आज बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १८ डाडागाँउ स्थित घोराहि तुलसीपुर सडक खण्डमा घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ बस सडक देखी अन्दाजी २र३ मिटर तल खसेको थियो । बस चालक घोराही– १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस

data-href="