काठमाण्डौं, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिका–२ दँचहवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना पारिवारिक विवादका कारण हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न खोजी कार्य तीव्र बनाएको जनाएको छ। हत्याको कारण र संलग्न व्यक्तिहरूको पहिचान खुलाउने प्रयास जारी रहेको डीएसपी कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस