after_navbar

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान


जेठ ३२, २०८२


काठमाडौँ,३१ जेठ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले न्याय परिषद्बाट सिफारिस गरिएका तीनै न्यायाधीशविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय लिएको हो।

जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिकी सभापति इश्वरीदेवी न्यौपानेका अनुसार, प्राप्त उजुरीहरूको १० दिनभित्र छानबिन गरी संसदीय सुनुवाइ अगाडि बढाइनेछ। समितिबाट अनुमोदन भएपछिमात्र संविधानबमोजिम राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने व्यवस्था छ।

बैठकमा सहभागी केही समिति सदस्यहरूले न्याय परिषद्को सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="