after_navbar

भारतीय पुरुष र नेपाली महिला मृत फेला


असार ०१, २०८२


काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।

थ्री–स्टार किडजोन स्कुलको परिसरभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चन्डिगढ निवासी अन्दाजी ५४ वर्षीय परमनारायण गिल र हाल सोही घरमा काम गर्दै आएकी धादिङकी २८ वर्षीया अञ्जना तामाङ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

गिलले भाडामा लिएको घरको पहिलो तलामा उनीहरू मृत भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार अञ्जना कोठाको सोफामा मृत फेला परेकी थिइन् भने उनको टाउकोमा चोट लागेको देखिएको छ। गिल भने सोही कोठाको भुइँमा मृत अवस्थामा फेला परेका थिए, तर उनको शरीरमा चोटपटक नदेखिएको र घटनास्थलमा फलामको ह्यामर फेला परेको प्रहरीले जनाएको छ।

साथै, कोठाबाट ‘सेल्फोस’ नामक विषादी समेत फेला परेकोले घटनाको कारण र क्रम स्पष्ट हुन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="