काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ ।
नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गरे । प्रत्येक व्यक्तिसम्म पुगेको, सुनिएको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।
सांसद साहले भनेका छन्,‘‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस