after_navbar

सल्यानकी किशोरी भारतमा फेला, परिवार खोज्दै प्रहरी


श्रावण ०, २०८२


सल्यान, ८ साउन । सल्यान सल्लिवजार आसपासको घर बताउने १७ वर्षीया आशीका रावत भारतको शोहरतगढ, सिद्धार्थनगरमा फेला परेकी छन्। हाल उनी त्यहाँको प्रहरी सम्पर्कमा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

ad

आशीकाले आफू सल्यान सल्लिवजार आसपासको बासिन्दा भएको र बाबुको नाम मोहविर रावत रहेको जानकारी प्रहरीलाई दिएकी छिन्। उनी सानै उमेरमा हराएकी थिइन्।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी आशीकाको परिवार खोजिदिन अनुरोध गरेको छ। उनलाई सही ठेगाना तथा परिवारको सम्पर्कमा पुर्‍याउनका लागि दुबै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको बताइएको छ।

उनको परिवारबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

हराएको लामो समयपछि फेला परेकी आशीकालाई परिवारसम्म पुर्‍याउन सबैको सहयोग आवश्यक रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="