दाङ,१४साउन । पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं २ मधपुरस्थित भित्री सडक खण्डमा बुधबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
कौवाघारीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको ‘अन टेस्ट’ लेखिएको अटो बिहान पौने ८ बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल नालामा खसेको हो।
दुर्घटनामा परेर अटो चालकसहित चार जना घाइते छन्। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा अटो चालक रुकुम पश्चिम, चौरजहारी नगरपालिका निवासी २३ वर्षीय धन बहादुर महतरा, दंगीशरण–२ निवासी १६ वर्षीया संजिता चौधरी, १३ वर्षीया सदिक्षा बुढामगर र १४ वर्षीया योनिका विक रहेका छन् ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस