काठमाडौँ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभामा सम्बोधन गर्दै छन्।
राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यक्रम छ।
उक्त प्रतिवेदनमाथि हुने छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्नेछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस