after_navbar

बलात्कार आरोपमा शिक्षक पक्राउ


श्रावण १५, २०८२


उदयपुर, १४ साउन । बलात्कारको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, मुसहरनियाका शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

ad

२४ वर्षीया स्थानीय महिलाले दिएको उजुरीका आधारमा गिरीले उनलाई चौदण्डीगढी–७ सातधारेस्थित एक होटलमा बोलाई गत असार १७ गते जबरजस्ती करणी गरेका थिए।

घटनापछि गिरीले आफूलाई र आफन्तलाई धम्की दिने, गालीगलौज र अपमानजनक व्यवहार गर्ने गरेको पीडितको उजुरीमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख, प्रहरी निरीक्षक बबिन राईका अनुसार, उजुरी परेपछि गिरीलाई शनिबार पक्राउ गरिएको हो।

हाल उनी इप्रका बेलटारको हिरासतमा छन्। अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="