after_navbar

चक्कु प्रहारबाट एकजना घाइते


श्रावण १८, २०८२



काठमाडौँ,१७ साउन । चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक सवारी चालकले सहचालकलाई धारिलो हतियार चक्कु प्रहार गरेका छन् । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङको तमुचौकमा शुक्रबार राति २३ वर्षीय हर्कबहादुर दर्लामी मगरले १९ वर्षीय सागर मगरलाई चक्कु प्रहार गरेका हुन् ।

ad

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका दर्लामी मगरले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका सागरमाथि चक्कु प्रहार गरेका हुन् । सवारी साधान गाडीमा बसिरहेका सागरमाथि मापसे गरेर आएको हर्कबहादुरले एक्कासी चक्कु प्रहार गरेका बताइएको छ ।

हर्कबहादुरको चक्कु प्रहारबाट सागरको टाउकोमा चोट लागेको र अवस्था भने सामान्य रहेको प्रनाउ गौतमले जानकारी दिए । उनका अनुसार घटना शुक्रबार राति ११ः२८ बजेतिर भएको र घटना भएको करिव पाँच मिनेटभित्रै प्रहरीको क्युआरटी टोली र अस्थायी प्रहरी पोष्ट भेटेरिनरीचौकबाट गएको प्रहरी टोलीले घटनामा संलग्न हर्कबहादुरलाई नियन्त्रणमा लिएको थियो ।

यता घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हर्कबहादुर र सागर एउटै सवारी साधनका चालक र सहचालक हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="