after_navbar

प्रचण्डको घोषणाः देशमा फेरि नयाँ विद्रोह आवश्यक छ


श्रावण १, २०८२



काठमाडौँ,१८ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो भनाइ दिएका हुन्।

ad

अध्यक्ष प्रचण्डले देशमा क्रान्तिकारी सोच र देशभक्त शक्तिहरूमाथि भइरहेका षड्यन्त्रहरूविरुद्ध प्रतिकार गर्न अब फेरि विद्रोह आवश्यक रहेको तर्क गरे। उनले वामपन्थी, क्रान्तिकारी र देशभक्त शक्ति एकजुट भएर प्रतिक्रियावादी शक्तिको प्रतिरोध गर्नुपर्ने बताए।

‘आज हामी बल गर्दै छौँ, देशभक्त, क्रान्तिकारी, वामपन्थीलाई जोडेर षड्यन्त्रको प्रतिवाद गर्ने प्रयासमा छौँ। मलाई जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया र संविधानसभासम्म आइपुग्दा अझै जीवित रही नेतृत्वमा रहन सकेको छु भन्ने लाग्छ। उनले भने–‘ त्यसैले फेरि एकपटक नयाँ प्रकारको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित अघि बढिरहेका छौँ,।’

प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिँदै बिदा दिने निर्णय गरिएको तर त्यसलाई अदालतले रोकेको बताएका छन्। उनले त्यस निर्णयलाई रोकिनुप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक निर्णयहरूमा न्यायालयको हस्तक्षेप स्वीकार्य नहुने संकेत गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="