after_navbar

बोलबम गएकी महिलाको सुन्दरीजलमा मृत्यु


श्रावण २०, २०८२


काठमाडौं ,१९ साउन। काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरमा बोलबम गएकी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ। मृतक चितवनकी ३५ वर्षीया सन्ध्या धामी हुन्, जो हाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन्।

ad

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदीप चन्दका अनुसार धामीको मृत्यु आइतबार राति भएको हो। उनी सोमबार राति १:३५ बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमा बोलबम जल चढाउन गएकी थिइन्।

प्रहरीका अनुसार मन्दिर क्षेत्रमा रहेको ढुंगामा चिप्लिएर उनी खोलामा खसेकी थिइन्। खोलामा डुबेको अवस्थामा भेटिएकी धामीलाई तत्काल उद्धारका लागि प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको सुन्दरीजलस्थित विपद् व्यवस्थापन टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="