काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
आज बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकताको तयारी थालिएको जानकारी दिएका हुन्।
“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,” बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “छिट्टै वार्ता समिति बनाएर प्रक्रिया अघि बढाइनेछ।”
यसअघि पनि माओवादी केन्द्रले विभिन्न चरणमा विप्लव समूहसँग एकता गर्ने निर्णय गर्दै आए पनि ती प्रयासहरू रणनीतिक तहमा मात्रै सीमित भएका थिए।
केही दिन अघिसम्म माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकताको सम्भावना खोज्दै छलफल गरिरहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस