काठमाडौँ, २२ साउन । साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । ललितपुरमा केटा साथीको घरमा गएका बेला बेहोस भई किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा एक किशोरी बुधबार दिउँसो गएकी थिइन्। त्यही क्रममा अचानक बेहोस भएकी ती किशोरीलाई तत्काल ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मृतक किशोरीको उमेर पनि १८ वर्षकै रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने आशंका गरिएको छ।
हाल किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखी घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ।
प्रहरीले घटनाको कारण यकिन गर्न थप अनुसन्धान जारी राखेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस