after_navbar

बिजौरीमा शनिबार पनि बजार खुल्ने


श्रावण २४, २०८२


दाङ,२३ साउन । चाडपर्व नजिकिँदै गर्दा बिजौरीमा शनिबार पनि पसल खोल्ने निर्णय गरिएको छ।

ad

बिजौरी उद्योग वाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले भोलि साउन २४ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार समेत बजार सञ्चालन गर्ने निर्णय गरेको हो। संघका महासचिव दीपक कुमार बस्नेतका अनुसार चाडपर्वका कारण ग्राहकहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको हो।

बैठकले भदौ १४ गते हुन लागेको संघको १२औं वार्षिक साधारणसभालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठक संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="