after_navbar

मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडक पुनः अवरुद्ध


श्रावण २४, २०८२


दाङ,२३ साउन। दाङको मसोट खोलाको डाइभर्सन बगेपछि आवागमन पुनः अवरुद्ध भएको छ । वर्षापछि खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागम पुनः अवरुद्ध भएको हो । लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मत गर्नका लागि बिहिबार अर्थात हिजो मात्रै डाइभर्सन बनाइएको थियो।

ad

शुक्रबार बिहानको वर्षासँगै खोलामा आएको बाढीले डाइभर्सनको आधा भाग बगाएपछि सडक अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए। आवागमन अवरुद्ध भएपछि घोराही–लमही आउजाउ गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग अमिलिया–तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ।

यतिबेला डाइभर्सन मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ। यसअघि मसोट खोलामा रहेको पुल आकस्मिक मर्मतको आवश्यकता देखिएकाले स्थानीय प्रशासनले २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। पुल मर्मतको क्रममा अत्यावश्यक सेवा र हलुका सवारी साधनका लागि अस्थायी डाइभर्सन निर्माण गरी बिहीबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालनको केही घण्टामै शुक्रबार बिहान आएको बाढीले सो डाइभर्सन बगाएको हो।

हाल पुलबाट केवल विरामी बोकेको एम्बुलेन्स, आपत्कालीन सेवाका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे खाली सवारी साधनलाई मात्र आवतजावत गर्न अनुमति दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="