after_navbar

अनियन्त्रित हुँदा फोर्स दुर्घटनाः सातजना घाइते


श्रावण २४, २०८२



काठमाडौँ,२३ साउन । सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा गाडीमा सवार सातजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

ad

बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब एकसय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="