काठमाडौं, २३ साउन । प्रहरीले ब्राजिलियन महिलालाई प्रतिबन्धित लागुऔषध (कोकिन) सहित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महिलाले प्रयोग गर्ने भित्री वस्त्रभित्र लागुऔषध कोकिन लुकाएर नेपाल हुँदै भुटान जान लागेकी उनलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले इमेली माइकल सान्तोष फेरेरालाई दोहा हुँदै काठमाडौं ओर्लने क्रममा विमानस्थलमै नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार, उनको साथबाट एक किलो ९५० ग्राम कोकिन बरामद गरिएको छ। ती लागूऔषध भित्री वस्त्रमा कुशल तरिकाले लुकाइएका थिए।
ब्युरोका सूचना अधिकारी जीवन निरौलाका अनुसार, फेरेरा नेपाललाई ट्रान्जिट बनाउँदै भुटान जाने योजनामा थिइन्। प्रारम्भिक अनुसन्धानमा लागुऔषध ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ।
हाल उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस