after_navbar

स्कुटरको ठक्करबाट उरहरीमा दुईजना घाइते


श्रावण २४, २०८२


दाङ, २३ साउन । उरहरीमा स्कुटरले ठक्कर दिँदा दुई महिला घाइते भएका छन्।

ad

तुलसीपुर उपमहानगरपालिका–११ उरहरीचोक नजिक स्कुटरको ठक्करबाट उनीहरू घाइते भएका हुन्

शुक्रबार बेलुका सवा ६ बजे सितलपुरबाट उरहरीतर्फ जाँदै गरेको रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक तुलसीपुर–१२ निवासी ४३ वर्षीय ईश्वरी केसी र पैदलयात्री ६१ वर्षीया सिवा देवकोटा घाइते भएको प्रहरीले जनाएको छ।

दुवैजनाको टाउको र मुखमा चोट लागेका कारण अवस्था मध्यम रहेको र उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनास्थलमा इलाका प्रहरी चौकी उरहरीका प्रनानी यकबहादुर खड्काको नेतृत्वमा टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="