after_navbar

कर्णालीले प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने


श्रावण २५, २०८२


सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने भएको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो।

ad

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्री सहभागी हुने मूल समारोह समिति गठन गरिएको छ। मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ।

प्रदेश स्थापना दिवसको पृष्ठभूमिमा २०७२ सालमा संविधानसभाबाट संघीयताको खाका सार्वजनिक भएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेशको स्थापना भएको थियो।
२०७२ भदौ २३ गते संविधानसभाको विशेष समितिले छवटा प्रदेशको सीमांकन प्रस्ताव सार्वजनिक गरेपछि कर्णालीमा तीव्र आन्दोलन चर्किएको थियो। आन्दोलन उत्कर्षमा पुग्दा चार जनाले ज्यान गुमाउनुपरेको थियो।

यसको केही दिनपछि, २०७२ साल भदौ ४ गते, साविक कर्णाली अञ्चलका सबै जिल्ला, भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्लालाई समेटेर हालको कर्णाली प्रदेशको औपचारिक रुपमा घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="