काठमाडौँ,२८ साउन। बाल सुधार गृहमा झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् । विराटनगरस्थित बाल सुधार गृहमा झडप हुँदा उक्त झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू जाँदै गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस