कञ्चनपुर,२८ साउन। कञ्चनपुर जिल्लाका दुई नगरपालिका क्षेत्रमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ । प्रहरीका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार छाउप्रथालाई अन्त्य गर्ने अभियानअन्तर्गत निगाली र भेन्टी बजार आसपासका ती गोठहरू भत्काइएको हो ।
गएको असारमा कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला दमाइको छाउगोठमै सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरूलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहकार्यमा कारबाही अघि बढाइएको हो । यसअघि पनि वडास्तरमा छाउगोठ हटाउने प्रयास गरिएको भए पनि स्थानीयको अवरोधका कारण केही स्थानमा अभियान रोकिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस