after_navbar

खोलामा डुबेर पुरुषको मृत्यु


भदौ २१, २०८२


काठमाडौं,२१ भदौ। झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

ad

आज दिउँसो करिब १२ः२० बजे खोलामा बग्दै गरेको देखेपछि स्थानीयवासीले उद्धार गरी बाहिर निकालेका थिए। तर, उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="