काठमाडौँ,२२ भदौ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। पार्टीका नेताहरूले यस विषयमा सरकारसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यस विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार, “केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिनयता नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको विषयमा सरकारसँग जवाफ माग्ने बारेमा छलफल भएको छ।”
पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा कांग्रेस गम्भीर रहेको पनि बताए। बैठकमा आगामी प्रदेशसभा निर्वाचनसम्बन्धी विषयमा पनि छलफल भएको जानकारी उनीले दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस