काठमाडौँ,२२ भदौ । विद्यालय गएका महोत्तरीको बर्दिवासका एक १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक अहिलेसम्म घर फिर्ता नआएको परिवारले जनाएको छ।
बर्दिवास नगरपालिका–१२, डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गौतम पासवान गत बिहीबार घरबाट साइकलमा विद्यालय गएका थिए। उनका काका प्रमोद पासवानले बालक अहिलेसम्म घर फिर्ता नभएको बताए।
गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा बालकको खोजीका लागि निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमका अनुसार, “पीडित परिवारले निवेदन दिएका छन् र प्रहरी बालकको खोजीमा सक्रिय छ।”
प्रहरीले बालकको सम्पर्क र सुरक्षाको लागि खोजी जारी राखेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस