काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा सेन्टरमा उपचाररत ४ गरी ६ जनाको मृत्यु भएको हो । अस्पतालमा यतिवेला घाइतेहरुको चाप बढेको छ ।
ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेका अनुसार १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ । उनले भने–‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।’
सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।
मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ुजेन–जीुहरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस