काठमाडौँ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन्।
सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका हुन्। सो घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।
आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाप्रति आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिने निर्णय गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस