after_navbar

कर्फ्युको अवज्ञा गर्दै दोस्रो दिन पनि जेनजीको प्रदर्शन


भदौ २४, २०८२


काठमाडौँ, २४ भदौ । कर्फ्यु आदेश जारी भइरहेका बेला पनि नयाँ पुस्ताका युवा जेनजीहरूले दोस्रो दिन बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरू नयाँबानेश्वरस्थित संसद भवन अगाडि भेला भई नाराबाजी गरेका छन् ।

ad

सोमबारको घटनामा १९ जनाको ज्यान गएपछि आक्रोशित बनेका उनीहरूका साथी र आफन्तले सरकारविरुद्ध विरोध जारी राखेका हुन् । संसद भवन अगाडि ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

हिजो संसद भवनभित्रै प्रवेश गरी केही युवाले तोडफोड गरेका थिए भने आज सुरक्षा निकायका जवानहरू हतियारसहित भवन परिसरमै तैनाथ छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथभित्र सभा, जुलुस, भेला लगायत गतिविधि निषेध गर्दै कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शनकारीहरूले त्यसको अवज्ञा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="