काठमाडौँ, २५ भदौ । डिल्लीबजार कारागारमा मंगलबार भएको हुलदंगामा अन्य कैदीहरू बाहिर निस्किए पनि गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे ९राजीव गुरुङ० भने भित्रै बसिरहेका छन्।
कारागारभित्र आगलागी हुँदा अन्य कैदीहरू सुरक्षित स्थान खोज्दै भाग्दा मनाङेले भने आफू बाहिर नजाने अडान लिएका हुन्। “बाहिर जान्न,” भन्दै उनले अन्य कैदीलाई समेत रोकेको जेल स्रोतले बताएको छ।
यद्यपि, भाग्दै गरेका कैदीहरूले भने आफूहरू बाँच्नका लागि मात्र बाहिर निस्किएको बताएका छन्। नेपाली सेनाको नियन्त्रणमा परेका एक कैदीले भने, “हामी भाग्ने भनेर आएको हैन, आगो लगाइयो। बस्ने स्थिति थिएन, बस्यो भने मर्ने अवस्था भयो, त्यसैले बाहिर निस्किएको।”
मनाङे हाल ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन्। गत असार ४ गते संवैधानिक इजलासले उनी सांसद बन्न अयोग्य ठहर गर्दै पदमुक्त गरेको थियो।
राजनीतिक जीवनमा गुण्डा नाइकेदेखि मन्त्रीसम्म बनेका मनाङे लामो समय विवादास्पद व्यक्तित्वका रूपमा चर्चामा रहे। चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा उनी उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो, जुन २०८१ कात्तिकमा सर्वोच्चले सदर गरेको हो।
यसअघि विभिन्न समय जेल गए पनि कानुनी प्रक्रियाबाट मुक्त हुँदै मनाङे दुईपटक गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। सांसद हुँदै उनले मन्त्रीसमेत बनेका थिए। तर अन्ततः सर्वोच्चको अन्तिम फैसलासँगै उनी पुनः कारागार फर्कनुपरेको हो
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस