दाङ, २५ भदौ । तुलसीपुर कारागारबाट भागेका ४० जना कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
हिजो र आज गरी कारागार तोडफोड गर्दै कैदीबन्दीहरू भागेका थिए । आज बिहान मात्रै २५३ जना भागेका थिए । तीमध्ये ४० जना पक्राउ परेका हुन् । हालसम्म २१३ जना आज र १२४ जना हिजो गरी ३३७ जना कैदी अझै फरार रहेको सेजुवालले बताए ।
भाग्ने सबै पुरुष कैदी हुन् भने कारागारमा रहेका महिला कैदीहरू भने भागेका छैनन् । कुल ४६९ कैदीमध्ये ठूलो संख्यामा भागेका हुन् । सेनाले हवाई फायर समेत गरे पनि कैदीबन्दीहरू भाग्न सफल भएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस