काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति सार्वजनिक गरेका छन्। उनले बिहिबार दिउँसो विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायरामा रहेर निकास दिन सबैसँग मिलेर प्रयास भइरहेको बताएका छन्।
आज सार्वजनिक गरेको अपिलमार्फत उनले लोकतन्त्रको संरक्षण र शान्ति,सुव्यवस्था कायम गर्न निरन्तर विचार,विमर्श तथा पहल भइरहेको जनाएका छन्।
आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समाधान खोजिने विश्वास व्यक्त गर्दै उनले संयमता अपनाएर मुलुकमा शान्ति कायम गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले भने, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास दिन विचार–विमर्श एवं प्रयास गर्दैछु।”
हेर्नुहोस् विज्ञप्ति

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस