after_navbar

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: मृतक जेनजी परिवारलाई १०-१० लाख दिने


भदौ २, २०८२


ad

काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पदबहाली लगत्तै उनले जेन-जी आन्दोलनका क्रममा मृतक भएका व्यक्तिलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकी छन्।

पुरानो गृह मन्त्रालय परिसरमा निर्माण भएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। उनलाई स्वागत गर्न उच्च सरकारी कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="