after_navbar

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ


भदौ ३०, २०८२



दाङ,३० भदौ । प्रहरीले स्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका(२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

ad

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा।८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="