कपिलवस्तु,३० भदौ । कपिलवस्तुमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गन्धर्व टोल मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो। आइतबार साँझ आफ्नै घरमा ३५ वर्षीया गोमा नेपालीलाई सर्पको टोकेको थियो।
उपचारका लागि सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेमा लाने क्रममा बाटोमै उनको मृत्यु भएकोको भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस