after_navbar

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


भदौ ३०, २०८२



काठमाडौ,३० भदौ । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण एकतर्फी मात्र सञ्चालन भएको सडक सोमबार दिउँसो देखि दुईतर्फी सञ्चालनमा आएको हो ।

ad

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि सोमबार बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।

सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछिसडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="