after_navbar

एनसेलले दियो कार्यालयमा तोडफोड र लुटपाट गर्नेविरुद्द उजुरी


भदौ ३०, २०८२


काठमाडौं,३० भदौ । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरेका घटनाबारे एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरेको छ।

ad

उजुरीमा सुरक्षाकर्मीलाई धम्की दिँदै कोठामा थुनी भवनमा आगजनी तथा तोडफोड गरिएको, बहुमूल्य विद्युतीय उपकरण, कागजात, नगद, गहना तथा मोटरगाडी लुटिएको उल्लेख छ। साथै, गाडीहरू आँगन र सडकमा ल्याई जलाइएका कारण ठूलो आर्थिक तथा भौतिक क्षति भएको एनसेलको दाबी छ।

कम्पनीले क्षतिको विवरणसहित लुटिएका सम्पत्तिको सूची र घटनाका सीसीटीभी फुटेज पनि प्रहरीले उपलब्ध गराएको छ। वास्तविक क्षतिको मूल्याङ्कन भइरहेको र थप विवरण अनुसन्धानक्रममा बुझाउने एनसेलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="