after_navbar

२६ वर्षीय युवती मृत्त फेला


भदौ ३१, २०८२


खोटाङ,३१ भदौ । खोटाङमा एक युवती मृत्त फेला परेकी छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युवती मृत फेला परेकी हुने । सोही पालिकाकी वडा नं ४ बतासे बस्ने अन्दाजी २६ वर्षीया रेस्मिका परियार स्थानीय मार्से जंगलमा भदौ ३० गते राति मृत फेला परेकी हुन् ।

ad

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा जंगलमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने कार्यवाहक वडाध्यक्ष सुवास प्रधानले बताएका छन् । प्रधानका अनुसार बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा केही तल मडारिएको ठाउँ फेला परेको र करिब एक सय मिटर तल घोप्टो परेको अवस्थामा राति ८ बजेतिर फेला परेकी हुन् ।

परियारको भित्री कपडा मडारिएको ठाउँनेर फेला परेको र बाहिरी कपडा भने लगाइएको अवस्थामा फेला परेको प्रधानको भनाइ छ । रातिदेखि नै घटनास्थलमा प्रहरी पुगे पनि माइतीपक्षको पर्खाइमा घटनास्थलबाट शव उठाउन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रका ।घटनास्थलमा राति नै प्रहरी पुगे पनि आफन्तको पर्खाइमा शव उठाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="