after_navbar

प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’


भदौ ३१, २०८२


दाङ,३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न गरेको प्रस्तवलाई वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले अस्वीकार गरेका छन् ।

ad

मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले अस्पतालको जिम्मेवारी र बिरामी छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्।

‘यहाँ अस्पतालमा छु। यत्रो काम छ, यहाँ छाडेर आउने रुरु बिरामीलाई छाडेर आउँदिन, मन्त्री बन्दिनँ,’ सञ्चारकर्मीसँग कुरा गर्दै रुइतले प्रतिक्रिया दिएका छन्।

जेन–जी आन्दोलनपछि गत शुक्रबार सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यही सरकारमा रुइतलाई मन्त्री बनाउने चर्चा भए पनि उनले अस्वीकार गरेपछि प्रधानमन्त्री कार्की अन्य विकल्प खोज्ने तयारीमा छिन्।

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा तीन मन्त्री छन् र सरकारलाई पूर्णता दिने प्रक्रिया जारी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="