काठमाडौं,३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना व्यक्त गर्दै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे।
सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुगेको क्षति सम्बन्धमा जानकारी दिए।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै देशलाई शान्ति र स्थिरतातर्फ लैजान सबैले सहकार्य गर्दै अघि बढ्न आग्रह गरिन्। उनले वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस