after_navbar

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने


भदौ ३१, २०८२


दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले दिवस औपचारिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन् । कार्यक्रम बिहान ८ बजे आयोजना गरिनेछ।

ad

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएका क्षतिको विवरण संकलन गर्ने काम जारी छ। सामान्य मर्मतसाम्भार सकिएकाहरूका कार्यालयहरूमा सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ।

मुख्यमन्त्री आचार्यले कर्मचारीहरूलाई मनोबल उच्च राखेर सेवा प्रवाहमा जुट्न आग्रह गर्दै भने, “सेवा चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ। पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ। कर्मचारीहरू मनोबल उच्च बनाएर काममा जुट्नु आवश्यक छ।”

प्रदेश प्रशासनिक केन्द्रको सुरक्षा सुनिश्चित गर्न समुदाय स्तरबाट देखाइएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरे।

प्रदेश सरकार मातहतका जिल्ला तहका कार्यालयहरू र चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनमा पनि आगजनी भएको थियो। यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिवस्तरीय अनुगमन जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="