after_navbar

सैनिक व्यारेकबाट फर्किए ओली


असोज ०२, २०८२


काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्।

ad

जेन–जी आन्दोलनका क्रममा सुरक्षा कारणले नेपाली सेनाले उनलाई नियन्त्रणमा राखेको थियो। गत २४ भदौ प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए।

सुरक्षा निकायका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँका लागि भाडाको घर लिइएको बताइएको छ। यसअघि बालकोटस्थित उनको घर प्रदर्शनकारीले जलाएको थियो।

ओलीलाई गुण्डु सार्ने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। उनले ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने घोषणा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="