काठमाडौं,४ असोज । लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरमा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु भएको छ।
शनिबार बिहान खेतमा धान रोप्ने क्रममा मोटर चलाउँदै गर्दा गम्भीर घाइते भएका जनता माध्यमिक विद्यालयका ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनी उपचारका क्रममा मृत्यु भएका हुन्।
घटनापछि आफन्त र स्थानीयले उनलाई तत्काल लहानस्थित रामकुमार शारदा–उमाप्रसाद मुरार प्रादेशिक अस्पताल पुर्याएका थिए।
अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस