after_navbar

तालिम केन्द्र परिसरमा प्रहरी जवान मृत फेला


असोज ०५, २०८२


रुपन्देही, ५ असोज । रुपन्देहीको बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन्।

ad

२४ वर्षीय श्याम चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदान नजिकै रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी शुक्रबार राति तालिम केन्द्रमै ड्युटीमा रहेका थिए।

प्रहरी स्रोतका अनुसार तालिम केन्द्रको उत्तर–पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवन पछाडिको रुखमा उनले तन्नाको पासो लगाएर आत्महत्या गरेको देखिन्छ। “उनी राति ड्युटीमा थिए, कति बेला आत्महत्या गरे भन्ने यकिन भएन,” प्रहरी स्रोतले जनाएको छ।

चौधरीको शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। परिवारका सदस्य आएपछि शव शनिबार अपराह्न परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–३ घर भएका चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। आधारभूत तालिम पनि बुटवलकै तालिम केन्द्रमै लिएका उनले तालिम सकिएपछि त्यहीँ प्रशिक्षकको रूपमा कार्यरत रहेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="