after_navbar

अलपत्र यात्रुलाई खाजा र पानी वितरण


असोज ०५, २०८२


ad

काठमाडौँ,५ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण गरिएको छ।

जिल्ला सुरक्षा समिति, चितवन र स्थानीय व्यवसायीको सहयोगमा आइतबार बिहानदेखि यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ।

शुक्रबार साँझ सवा ७ बजे तुइन खोलामा ठूलो पहिरो खसेपछि उक्त सडकखण्डमा आवागमन तीन दिनदेखि अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार ठूलो पहिरो भएकाले पन्छाउन समय लागेको हो। “स्काभेटरको सहयोगमा माटो पन्छाउने काम भइरहेको छ, आज दिउँसो ३ बजेसम्म बाटो खुलाउने योजना छ,” उनले बताए।

सडक अवरुद्ध भएपछि त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको छ। काठमाडौँबाट बुटवल, नेपालगञ्ज, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरतर्फ जाने सवारीसाधन अहिले पोखरा हुँदै सञ्चालनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="